४ माघ। नेपाली कांग्रेसको गगन विश्व समुह र देउवा समुहको आधिकारिकता सम्वन्धी विवाद सर्वोच्चमा पुगेको छ। शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग र गगन थापा पक्षविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई वैधानिकता दिने गरी गरेको निर्णय विरुद्द रिट दायर गरेको हो।
निर्वाचन आयोगको निर्णयसम्बन्धी विवाद टुंगो नलाग्दासम्म निर्वाचन प्रक्रिया अघि बढाउन नहुने समेत माग गरेका छन्।
के छ रिट निवेदनमा (पूर्णपाठ)
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार








