
२७ पुस, काठमाडौं। नेपाली कांग्रेसको काठमाडौं आइतबार बाट शुरु भएको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या २ हजार ६६२ पुगेको छ। यो संख्या कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो।
कांग्रेस भित्र विशेष महाधिवेशनको माग चर्को रुपमा उठिरहेको बेला उपस्थितिले महाधिवेशन आयोजकलाइ उत्साहित गराएको छ। गत असोज २९ गते ५४ प्रतिशतले विशेष महाधिवेशनको माग राख्दै हस्ताक्षर गरेका थिए।
दोस्रो विशेष महाधिवेशन प्रचारप्रसार समितिले सोमबार पनि दर्ता प्रकृया अगाडी बढाउने जनाएको छ।
विशेष महाधिवेशनको सचिवालयले दिएको तथ्यांक अनुसार, २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
सचिवालयका अनुसार, कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यका १७८ र भ्रातृ, शभेच्छुक र जनसम्पर्क गरेर १९५ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका हुन्।
विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भएको छ । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने जानकारी गराइएको छ ।







