२४ पुस। राष्ट्र बैंकले ऋणपत्रमार्फत बजारबाट २ खर्व झिक्ने लागेको हो। बैंकले आज मात्र १० अर्ब रुपैयाँ झिक्न लागेको छ। गत साता सोमबारयता बैंकले १ खर्ब २० अर्ब रुपैयाँ झिकिसकेको छ।
राष्ट्र बैंकले करिब एक साताको अवधिमा छैटौंपटक राष्ट्र बैंक ऋणपत्र जारी गरिसकेको छ।
मंगलबार जारी भएको ऋणपत्रमा २५ अर्बका लागी आवेदन आह्वान गरेको छ।
बुधबार जारी भएको ऋणपत्रमा २० अर्बका लागि आवेदन आह्वान गरेकामा ३७ अर्ब ५० करोडका लागि बोलकबोल प्राप्त भएको राष्ट्र बैंकले छ । १७ वटा बैंक तथा वित्तीय संस्थाले ५४ वटा बोलकबोल गरेका थिए। सो ऋणपत्रमा औसत २.७२ प्रतिशत ब्याजदर निर्धारण भएको छ।
बजारमा तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधि (एक वर्ष) का लागि पैसा झिकिरहेको राष्ट्र बैंकले जनाएको छ। यो चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।







