२१ पुस। नेपाल मध्यस्थता परिषद् (NEPCA ) को ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभाले १३औं कार्यसमिति चयन गरेको छ।
साधारणसभाले सभापति सहित ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। नेप्काको सभापतिमा डा. राजेन्द्र प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी ई. ध्रुवराज भट्टराई निवर्तमान सभापति, ब. अ. थानेश्वर काफ्ले (राजेश) उप सभापति, ई. मनोज कुमार शर्मा महासचिवमा निर्वाचित भएको निर्देशक राजीव प्रधानले जानकारी दिए।
साधारणसभाले प्रा.डा. ब. अ. गान्धी पण्डितलाइ सचिवमा र अ. सरस्वति शाह कोषाध्यक्षमा निर्वाचित गरेको छ।
सदस्यहरुमा अ. अनिल कुमार श्रेष्ठ, ई. कामेश्वर यादव, शंकर प्रसाद पाण्डे, ई. सत्य नारायण शाह र ई. सुभाष कुमार मिश्र निर्विरोध निर्वाचित गरेको छ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार







