१६ पुस, काठमाडौं। प्रधानमन्त्रीको राजीनामाको माग गर्दै माइतीघर मण्डलामा अनशन बसेका निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएपछी वीर अस्पताल पुर्याएको छ।
८ औं दिनमा पनि उनीलाइ स्वास्थ्यमा समस्या आएपछि मंगलबार अस्पताल लगिएको थियो।

आज ९औ दिनमा समेत उनको स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरमा अनसन बसिरहेका भूसाललाइ अस्पताल पुर्याइएको हो।
भूसाललाई भर्ना गरेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको वीर अस्पतालका निर्देशक दिलिप शर्माले जानकारी दिए। शर्माले भने ‘अस्पतालमा ल्याय लगतै भर्ना गरेर चेकजाँच भइरहेको छ,’।

प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलन क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखेर भुषाल अनसन बसिरहेका छन्।
प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार








