२७ मंसिर। नेकपा एमालेले भक्तपुरको सल्लाघारीमा ११औं महाधिवेशनको उद्घाटन गरेको छ। सल्लाघारीस्थित तीनकुने मैदानमा आयोजित उद्घाटन समारोहमा एमालेका हजारौं कार्यकर्ता उपस्थित भएका थिए।
कार्यक्रममा विभिन्न पार्टीबाट समेत अतिथिहरुको उपस्थिति थियो। नेपाली कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का उपस्थित थिए। खड्काले असहज अवस्थामा सहमति र सौहार्दपुर्ण तरिकाले नेतृत्व छान्न सुझाव दिए।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट नेता देव गुरुङ उपस्थित थिए। उनले कम्युनिष्टहरुको विकल्प नभएकोले वामपन्थीहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमालेमाथि जताततैबाट आक्रमण भएको साथै एमाले राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण घेराबन्दी भएको बताए।
रास्वपा सह महामन्त्री कवीन्द्र बुर्लाकोटीले रविमाथि प्रतिसोध साधिएको वताउनदै एमालेलाइ चुनावमा माग लिएर संविधानलाइ सही लिगमा हिडाउन लाग्नुपर्नेमा जोड दिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजा, दलहरु र जेन–जी विच समझदारी गरी अगाडी बढ्नुपर्नेमा जोड दिए। नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रन्जिता श्रेष्ठले केपी ओलीको राष्ट्रबादी अडानको प्रशंसा गरिन्।
उद्घाटन समारोहमा एमालेका अध्यक्ष केपी ओलीले झण्डोत्लन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।
साथै कार्यक्रममा भिडिओमा सिंहदरबार जलाइएको, संसद भवन जलाइएको र सर्वोच्च अदालत जलाइएको र हामी हारेका र थाकेको छैनौ भन्ने दृश्यमा उल्लेख थियो।
महाधिवेशनको बन्द सत्र आइतबार देखि भृकुटीमण्डपमा सुरू हुनेछ।








