२२ मंसिर। सर्वोच्च अदालतको नयाँ भवनबाट सोमबारदेखि ६ वटा इजलास सञ्चालनमा आएका छन्। भदौ २४ को आगजनीपछि एनेक्स भवनमा संचालन भएका इजलासहरु विस्तार भएका छन्। एनेक्समा ५ वटा इजलास संचालन गरिएका छन्।
आजबाट देखि ११ वटा इजलास गठन भएसँगै सर्वोच्चले पूर्ण रूपमा सेवा सञ्चालन गरेको छ।
नयाँ भनवको अन्डरग्राउन्डमा अभिलेख, भुइ तलामा मुद्दा फाँटहरु, पहिलो तल्लामा शाखा र महाशाखाहरु रहने सर्वोच्चले जनाएको छ।
दोस्रो तल्लामा संवैधानिक, पूर्ण इजलास र ६ नं इजलास संचालनमा आएको छ। तेस्रो तल्लामा इजलास नं ७ र ८ तथा चौथो तल्लामा इजलास नं ९ र १० संचालन आएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
सर्वोच्च अदालतमा २१ न्यायाधीश रहेकोमा पुर्ण रुपमा इजलास संचालन हुन सकेको थिएन। सर्वोच्च अदालतको नयाँ भवन निर्माणको कार्य पूरा नभए पनि सोमबारबाट पूर्णरुपमा सेवा संचालनमा आएको हो।









