१५ मंसिर। आसन्न निर्वाचनअघि १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन कांग्रेसमा गृहकार्य भइरहेको छ। यो संगै कांग्रेसमा देखिएको समस्या समाधान हुने विश्वास लिइएको छ। यसमा सभापति शेरबहादुर देउवा आफैं सक्रिय भएका छन्।
पूर्वपदाधिकारीसहितको समूहले आइतबार छुट्टै भेला गरी विशेष महाधिवेशन फिर्ता हुने गरी कार्यतालिका आए मात्र स्विकार्न सकिने प्रस्ताव अघि सारेको छ ।
देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न आइतबार बिहानै निर्देशन दिएका थिए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुने सुनिश्चित नभए विशेष महाधिवेशन प्रक्रिया स्वतः सुरु गर्ने अडान कायमै राखेका छन् ।
प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार







