२०८३ भदौ २९ , सोमबार

नेतृत्व चयन हुने एमालेको ११औं महाधिवेशनको लोगो सार्वजनिक



फोटोः UML

१५ मंसिर। नेकपा (एमाले)ले  अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण गरेका छन्। एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने ओलीको भनाइ छ। नेतृत्व चयन हुने महाधिवेशनको लोगो सार्वजनिक भएको छ।

अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताए।

११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिद्वारा आयोजित प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा प्रचार समिति संयोजक पद्मा अर्यालले महाधिवेशनका लागि तयार गरिएको लोगो केवल प्रतीकात्मक डिजाइन मात्र नभई पार्टीको नेतृत्व, इतिहास र राष्ट्रिय गौरवको सशक्त परिचायक भएको बताइन्।

कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सबै उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरू लगायत ठुलो सङ्ख्यामा नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्