११ मंसिर। मधेश प्रदेश सरकार विरुद्दको रिटको सुनाइवाइ भइरहेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त रिटको सुनुवाइ चलिरहेको छ।
मधेस प्रदेश सभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विरूद्ध सर्वोच्च गएका थिए।
यसअधि सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।
प्रदेश सरकार विरुद्द ३ वटा रिट माथिको सुनुवाइ भइरहेको छ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार








