१४ कार्तिक। नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। कार्तिक १४ गते शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसंग एकता गर्ने निर्णय गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। साथै नेकपा एसले महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।
एकताबारे सहमती हुँदा बहुपदीय संरचना नराख्ने, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहने सहमती भएको बताइएको छ। एकतापछी पार्टीको नाम नेकपा (समाजवादी) राख्ने सहमति भएको छ।
एकता गर्ने निर्णयको सम्मानित नेता झलनाथ खनाल लगाएतले असन्तुष्टी जनाएका छन्। खनालसहीत महासचिव घनश्याम भूसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्यहरू रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहितका दर्जन नेता एकीकरण प्रक्रियामा सामेल नहुने जनाएका छन्।







