२०८३ साउन १५ , शुक्रबार

भाइटीकाको उत्तम साइत ११:३९ बजे



६ कार्तिक। हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा भाइटीकाको साइत ११ः३९ रहेको छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ सप्तरंगी टीका लगाइदिने महत्वपुर्ण पर्वको अवसरमा दीर्घायु र आरोग्य कामना मनाउने गर्छन।

आजको दिनलाई यमद्वितीया पनि भन्ने गरिन्छ । तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। साथै तिहारमा टीका लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका अध्यक्ष प्राडा शम्भु प्रसाद ढकालले जानकारी दिए।

प्रकाशित मिति : २०८२ कात्तिक ६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्