१६ असोज। नेपालीहरुको महान चाड बडादशैंको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज बडादशैकी मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर हिन्दुहरुले देश तथा बिदेशमा मनाइँदै छ।
पञ्चाङ्ग समितिका अनुसार टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ। त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउन सकिने पञ्चाङ्ग समितिले जनाएको छ।
सामान्यतया देविको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने पञ्चाङ्ग समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले जानकारी दिए।
यस्तो छ टीकाको साइतः
प्रकाशित मिति : २०८२ असोज १६ गते बिहीबार







