
३ असोज। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको थियो। उक्क समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख अतिथिको रुपमा थिए भने अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुको सहभागीता रहेको थियो।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलन पछिको राजनितीक उथलपुथल पश्चात सैनिम मञ्चमा पूर्वप्रधानमन्त्रीहरुको उपस्थिती देखिएन।
वि.सं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए। सोही दिन नेपाली जनताले संविधानसभाबाट संविधान प्राप्त गरेका थिए। असोज ३ लाइ राष्ट्रिय दिवश र संविधान दिवशको रुपमा मनाउने गरिन्छ।
सो समारोहमा प्रधानमन्त्री कार्कीले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने सङ्कल्प व्यक्त गरिन्।
संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्।
सो कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको समेत उपस्थिति रहेको थियो। अन्य पूर्व प्रधानमन्त्रीहरु उपस्थित नभएको कार्यक्रममा डा. बाबुराम भट्टराई भने कार्यक्रममा सहभागी थिए।







