
फोटोः सामाजिक संजाल
३० भदौ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।अन्तरिम सरकारको गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जा मन्त्रीमा कुलमान घिसिङले शपथ ग्रहणसंगै पदभार ग्रहण गरेका छन् ।
शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै गृहमन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन्। उनले क्षती भएपनि ऐतिहाँसिक अवसरको ढोका खुलेको प्रतिकृया दिएका छन्।
पूर्व अर्थसचिवको जिम्मेवारी सम्हालिसकेका खनालले अर्थमन्त्रीको जिम्मेवारी पाएसंगै पूर्व तयारी नभएका र टुक्रे आयोजनाहरु कार्यान्वयन नगर्ने निर्णय गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार







