२५ भदौ। सर्वोच्च अदालतका मुद्दाका पेशीहरु अनिश्चितकालका लागी स्थगित भएका छन्। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलद्वारा सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि पेशी स्थगित भएको जानकारी दिएका छन्।
सूचनामा भनिएको छ मिति २०८२।०५।२४ गते भएको आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जलि अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा २५ गते बुधवारको लागी तोकिएका पेशी स्थगित गरिएको भनिएको छ। साथै भोली देखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ मुख्य राजिष्ट्रार द्वारा जारी सूचनामा उल्लेख छ।
साथै सर्वसाधारण सेवाग्राहीमा परेको असुविधाप्रति अदालतले दुःख व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार







