२४ भदौ। जेन जी आन्दोलनको क्रममा सरकारी तथा सार्वजनिक सम्पतीको क्षती भएपछी मंगलबार राती १० बजेबाट सेना परिचालन हुने नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न,नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ भनीएको छ।
विज्ञप्तिमा यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गरेको छ।
सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौ जिल्ला अदालत लगायत थुप्रै सरकारी कार्यालयहरुमा आगजनी गरिएको छ।
यसैविच प्रधानसेनापति महारथि असोकराज सिग्देलले राष्ट्रका नाममा संवोधन गर्दै आन्दोलत जेन जी समुहलाइ वार्ताको आह्वान गरेका छन्।








