२०८३ भदौ २९ , सोमबार

प्रधानमन्त्री सहित शिर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी



२४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ। जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन्। सोमबारको जेन जी प्रदर्शनमा १९ जनाको ज्यान गएपछी प्रदर्शन थप हिस्रक बन्दै गएको छ। प्रदर्शनकारीले शिर्ष नेता तथा पार्टी कार्यालयलाइ निसाना गराउदै आगजनी गरिरहेका छन्।

प्रदर्शनकारीले काँग्रेस सभापती शेर बहादुर देउवाको बुढानिलकण्ड स्थित घरमा समेत आगजनी गरेका छन्, यसैगरी कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री पृथ्वीशुव्वा गुरुङको घरमा समेत आगजनी गरेका छन। उनीहरुले नेता तथा पार्टी कार्यालयहरुलाइ निशाना गराएका छन्।

यसैविच प्रदर्शनकारीहरु सिंहदरवार र संसदभवनमा समेत प्रदेश गरेका छन्। उपत्यका बाहिर समेत प्रदर्शनकारीहरुले सरकारी तथा पार्टी कार्यालय र नेताहरुका घरमा आगजनी गरेका छन्।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्