२०८३ साउन १४ , बिहीबार

गृहमन्त्रीले दिए राजीनामा



२३ भदौं। गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा बुझाएका हुन्।

देशभर चलेको जेन-जीको प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो। काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ भने चार सय भन्दा धेरै घाइते भएका छन्। प्रहरीले दमन गरेपछी यसको सर्वत्र निन्दा भएको छ।

यस अघी गृहमन्त्री लेखकलाइ नैतिकताको आधारमा राजिनामा दिन काँग्रेसभित्र आवाज उठेको थियो। उनी २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्