२०८३ भदौ ३० , मंगलबार

कैलाली कारागारमा कैदी बिच झडप,एकको मृत्यु पैतालिस बढी घाइते



२४ साउन, धनगढी। कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको कारागार प्रशासनले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। अन्य ४५ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन्। मृतक चौधरी लागूऔषधको मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ । कैदी बिच झडप नियन्त्रण बाहिर हुँदा प्रहरी समेत भित्र जान सकेको छैन।
कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको बुझिएको डिएसपि सिंहले बताए।

कैलाली कारागारमा एक सय ५० जनाको क्षमता भएपनि क्षमताभन्दा धेरै कैदी रहेका छन्। कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन्।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्