२०८३ भदौ २७ , शनिबार

महिला हिंसाको विरोध गर्दै वीरेन्द्रनगरमा र्‍याली (फोटो फिचर)



१४ साउन सुर्खेत: देशभर दिनहुँ बढ्दै गएका महिला हिंसा प्रति सुर्खेत स्थित मानव अधिकारमा काम गर्ने संस्थाहरुले गम्भिर चिन्दा व्यक्त गर्दै विरोध र्‍याली निकालेका छन्। अधिकारकर्मीहरुले कालो पहिरन सहित विरोध जनाएका छन्।

मंगलबार आयोजित विरोध र्‍याली मंंगलगडी चोकबाट शुरु भइ जिल्ला प्रशासन कार्यलयमा जिल्ला प्रशासन कार्यलय सम्म भइ नेपाल सरकार र प्रदेश सरकारलाइ ध्यानाकर्षण बुझाएको थियो। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको आवाज संस्थाको कार्यकारी निर्देशक पवित्रा शाहीले जानकारी दिइन्।

ध्यानाकर्षणमा दोषीलाइ कडा कानूनी कारवाहीको माग गरिएको छ। यसैगरी विरोध र्यालीलाइ वीरेन्द्रनगर नगरपालिकाको मेयर मोहनमाया ढकालले सम्बोधन गरेकी थिइन।

ध्यानाकर्षणपत्रमा ०८२ साउन ११ गते सुर्खेतको वीरेन्द्रनगर १३ दानसिंह ठाडाले आफ्नी श्रीमती रविना थापाको चिर्पटले हानेर गरेको हत्या, असार १७ मा रुकुमपश्चिममा चन्द्रबहादुर बुढाथोकीले श्रीमती देविकाको खुकुरी प्रहार गरी गरेको हत्या, वैशाख २१ मा भेरीगंगा–१२ मा दर्शन खत्रीले श्रीमती प्रेमा ओलीको ढुङ्गा प्रहार गरी गरेको हत्या र साउन ९ गते नेपालगञ्जमा प्रकाश सुनारले दैलेखकी १९ वर्षीया निर्मला थापाको हत्या लगायत देशभर भएका महिला माथिको हत्या र हिंसाको विरोध गर्दै कडा कानूनी कारवाहीको लागी सरकारको ध्यानाकर्षण गरिएको छ।

फोटोहरुः

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार
प्रतिक्रिया दिनुहोस्