२९ असार, काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको कागजात झिकाउन आदेश दिएको हो। आदेशमा कागजात सहित अभिलेख अद्यावधिक सम्बन्धी अन्य कागजात झिकाउन आदेश गरेको छ।
रास्वपाले पार्टीबाट निष्काशन गरेका महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाई गर्दै न्यायाधीशहरु हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश गरेको हो।
अदालतको आदेश पश्चात आयोगले सम्पुर्ण कागजातहरु अदालतमा बुझाउनु पर्ने छ। ढकालले रास्वपाको महामन्त्रीमा कायम गरिनुपर्ने र आफूमाथि रास्वपाले गरेको कारबाहीले मान्यता पाउन नहुने माग दावी सहित रिट दायर गरेका थिए।
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार








