२६ असार, काठमाडौं। कम्पनि रजिष्ट्रार कार्यालयको कामलाइ पारदर्शी र प्रभावकरी बनाउन मन्त्री र सरोकारवाला विच छलफल भएको छ। बाणिज्य कानून व्यवसायी समाजको पहलमा उधाेग वाणिज्य तथा आपूर्ति मन्त्री दामाेदर भण्डारी र सरोकारवाला विच छलफल भएको भइ समस्या समाधान गर्ने सहमती भएको छ।
सिंहदरवारमा भएको छलफलमा मन्त्रालयका सचिब कृष्ण बहादुर राउतको समेत उपस्थिती रहेको थियो। बैठकमा पिपिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता अमर थापा, महासचिव अधिवक्ता भुवन प्रसाद निरौला, मन्त्रालयकाे प्रबक्ता, कम्पनी रजिस्ट्रार कार्यालय काे निमित्त रजिस्ट्रार तथा उपरजिष्टारहरुको सहभागीता रहेको थियो।
छलफलमा पछिल्लो समयमा देखिएको प्राविधिक समस्या र सेवाप्रवाहमा भएको ढिलाइका बारेमा कानून व्यवासायीहरुले प्रश्न उठाएको पिपिएलए अध्यक्ष अमर थापाले जानकारी दिए ।
कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनीको अद्मावधिक कार्यमा भएको ढिलाइ, प्राविधिक समस्या र कर्मचारीहरीको ढिलासुस्तिका विषयमा मन्त्री भण्डारीले ध्यानाकर्षण भएको बताउदै समाधान गरिने प्रतिवद्धता व्यक्त गरे। पछिल्लो समयमा हजारौ कम्पनीहरुको आवेदनहरु मा रजिष्ट्रार कार्यालयले काम गर्न नसकेको गुनासो आएपछि समाजले सो पहल गरेको अधिवक्ता भुवन प्रसाद निरौलाले बताए।







