१५ असार, कठमाडौं। त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले अर्याललाइ पद तथा गोपनियताको शपथ खुवाएका हुन्।
उपकुलपतिका लागि सिफारिस भएकामध्येबाट प्रधानमन्त्री ओलीले अर्याललाई बुधबार उपकुलपतिमा नियुक्त गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो।
असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएकोमा अर्याल उपकुलपतिमा नियुक्त भएका थिए।
बालुवाटारमा भएको शपथ ग्रहण कार्यक्रममा विश्वविद्यालयका सह कुलपति समेत रहेका शिक्षामन्त्री रघुजी पन्तको समेत सहभागीता थियो।







