१० असार, दैलेख।गुराँस गाउँपालिका दैलेखले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले आगामी आ.वको लागी कुल ७३ करोड ६१ लाख ४४ हजार ९५५ रुपैयाँ २४ पैसा बराबरको बजेट सार्वजनिक गरेकी हुन्।
बजेटले आर्थिक, भौतिक, सूचना प्रविधि र पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्य राखेको उपाध्यक्ष खड्काले जानकारी दिइन्। साथै प्रविधिमैत्री र पर्यटनमैत्री गाउँपालिकाको निर्माण गर्दै समृद्ध, समुन्नत र आत्मनिर्भर गुराँस निर्माणको लक्ष्य लिएको उपाध्यक्ष खड्काको भनाइ छ।
सभामा शुख समृद्धिका लागी शासकीय सुधार, हातेमालो गरी फेरौ गुराँसको मुहार भन्ने नारा अंगिकार गरिएको छ।
पूर्णपाठः
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार






