९ असार, सुर्खेत। चिङ्गाड गाउँपालिका सुर्खेतले आगामी आर्थिक बर्ष २०८२।०८३ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९ औं सभामा नीति कार्यक्रम र बजेट पेश गरिएको हो।
असार ८ गते आइतवार आयोजित १९ औँ अधिवेशनमा अध्यक्ष बोध विक्रम जिसीले नीति तथा कार्यक्रम सभामा पेश गरेका छन्। साथै उपाध्यक्ष मिना कुमारी रोकायले आगामी आवको लागी बजेट पेश गरेकी छन्।
चिंगाड गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि जम्मा रु ४० करोड ८६ लाख ४६ हजार २ सय ७ रुपैँयाको बजेट ल्याएको प्रमुख प्रशासकिय अधिकृत मनिराम खरालले जानकारी दिए।
बजेटमा चालु तर्फ ३१ करोड ८३ लाख ९ हजार र पुँजीगत तर्फ ९ करोड ३ लाख ३७ हजार २ सय ७ रुपैँया रहेको छ।
पालिकाको आन्तरिक राजस्वबाट २५ लाख मात्र रहेको छ । संघीय सशर्त अनुदानबाट सबै भन्दा बढी १७ करोड ७५ लाख, संघीय वित्तीय समानीकरण ८ करोड, संघीय राजस्व बाँडफाँडबाट ८ करोड ७१ लाख २७ हजार २ सय ४३, संघीय बिशेष अनुदान ९० लाख र संघीय समपुरक अनुदानबाट ६५ लाख रुपैँया रहेको छ।
प्रदेश वित्तीय समानीकरण अनुदान ९९ लाख ६१ हजार, प्रदेश सवारी कर १४ लाख ८३ हजार ९ सय ६४, प्रदेश सशर्त अनुदान पुजींगत १ करोड ८५ लाख, प्रदेश सशर्त अनुदान चालु १६ लाख ७४ हजार र प्रदेश सरकार विशेष अनुदान ६० लाख रहेको छ। आव २०८१।८२ को अनुमानित मौज्दात ८४ लाख समेतलाई गरेर जम्मा बजेट ल्याइएको अध्यक्ष बोध विक्रम जिसीले बताए। गाउँपालिकाले शिक्षा क्षेत्रमा २ करोड २७ लाख रुपैँया बिनियोजन गरेको छ।
गाउँपालिका भित्रका सडक स्तरोन्नती, नर्सरी स्थापना, व्यावसायिक कृषि, पशुपालन, उद्यमशिलताका विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेक महिना प्रत्येक शनिबार टोल टोलमा स्वास्थ्यकर्मी पठाइ स्वास्थ्य जाँचको कार्यक्रम ल्याएको छ।
पूर्णपाठः






