२८ जेठ, काठमाडौं। संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारी सम्वन्धि विवादको निर्णय सुनाउने मिति सरेको छ। जेठ २८ गते रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा पेसी थियो।
न्यायाधीशहरु छलफलमा रहेकोले बुधबारको पेशीमा निर्णय सुनाउन नसकिएको सर्वोच्चका प्रवक्ता सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिए।
निर्णय सुनाउने पेसी आगामी असार १८ गतेको लागी सरेको प्रवक्ता कुइँकेलले जानकारी दिए।

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार








