२०८३ साउन १५ , शुक्रबार

पिपिएलए सुर्खेतद्वारा नवोदित कानून व्यवसायीलाइ स्वागत कार्यक्रम सम्पन्न



२३ जेठ, सुर्खेत। प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल जिल्ला कार्यसमिति सुर्खेतले नवोदित कानुन व्यवसायीहरुलाई सुर्खेतको वीरेन्द्रनगरमा आज स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल कानुन व्यवसायी परिषदबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका नवोदित कानून व्यवसायीहरुलाई संगठनले स्वागत तथा सम्मान गरेको हो।कार्यक्रमको प्रमुख आथित्यता नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष एवं प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले गरेका थिए।

कार्यक्रममा विशिष्ठ अथितिका रुपमा प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन नेपाल कर्णाली प्रदेश कमिटिका संयोजक अधिवक्ता रामबाबु वि·सी, अतिथिहरुमा संगठनका केन्द्रिय सदस्य अधिवक्ता हस्तराज रेग्मी, पिपिएलए कर्णाली प्रदेश कमिटिका सचिव अधिवक्ता राम बहादुर भण्डारी, सुर्खेत जिल्ला कमिटिका निवर्तमान अध्यक्ष अधिवक्ता नारायणनाथ योगी, संगठनका सुर्खेत जिल्ला कमिटि पुर्व ईन्चार्ज अधिवक्ता नन्द बहादुर भण्डारी रहेका थिए।

संगठनको जिल्ला कमिटिका अध्यक्ष अधिवक्ता मोतिराम शर्माको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा शुभकामना दिँदै अतिथिहरुले नवोदित कानून व्यवसायीले दक्षता अभिवृद्धिका लागी कडा मेहनत गर्नुपर्ने र विभिन्न चुनौतिहरुको सामना गर्न साहस गर्नुपर्ने बताएका छन्।

प्रमुख अतिथि वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले आफ्नो लामो अनुभवका आधारमा भएका सिकाईहरुलाई उजागर गर्दै धैर्यतालाई आत्मसात गर्नसक्ने कानून व्यवसायीहरु सफल हुने बताए।

कार्यक्रममा प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन सुर्खेत र कर्णाली प्रदेश कमिटि सुर्खेतसँग आवद्ध कानून व्यवसायीहरुको उपस्थिति रहेको थियो।संगठनले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको जोड थियो।

कार्यक्रमको स्वागत मन्तव्य पिपिएलए जिल्ला कमिटिका कोषाध्यक्ष अधिवक्ता प्रेम बहादुर फडेराले र संचालन सचिव अधिवक्ता खगेन्द्र बहादुर खनालले गरेका थिए।

प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्