
फाइल फोटो
जेठ ५, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लामिछानेको रिट हेर्न नमिल्नेमा राखेको छ।
रवि लामिछानेको हकमा निजको श्रीमती निकिता पौडेल निवेदक रहेको रिट नं ०८१-WH-०३२० सुनुवाइको लागी कज लिस्टको घ मा थियो। लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट समेत लगाउमा राखिएको थियो।
गत आइतबार लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो तर सो मुद्दाको सुनुवाइ गर्न नमिल्ने भएपछि हेर्न नमिल्नेमा राखिएको थियो।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार








