२०८३ साउन १४ , बिहीबार

आर्थिक अवस्थाका आधारमा बृद्धभत्ता वितरण गर्न माग सहित सर्वोच्चमा रिट



जेठ ४, काठमाडौं। सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्तालगायत) वितरण गर्ने कार्य उमेरलाई मात्र आधार बनाएर भइरहेको हालको व्यवस्थालाई परिमार्जन गरी आर्थिक अवस्थाका आधारमा मात्रै वृद्धभत्ता वितरण गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ता विपना शर्माले २०८२ जेठ २ गते दायर गरेको रिट निवेदनमा न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ। साथै गर्दै उक्त रिटलाई अग्राधिकार समेत दिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्