२०८३ साउन १५ , शुक्रबार

कम्पनी रजिष्ट्रार कार्यालय प्रमुखलाइ सात दिन भित्र जवाफ दिन अदालतको आदेश



वैशाख २५, काठमाडौं। कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार ईश्वर कुमार गिरी लाइ सात दिन भित्र आफै उपस्थित भइ लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र नृपध्वज निरौलाको इजलासले आदेश दिएको हो। अदालतले आधार र कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक ७ (सात) दिनभित्र आफु स्वयम् अदालतमा उपस्थित भई लिखितजवाफ पेश गर्नु भनी विपक्षीका नाममा आदेश जारी गरेको छ।

कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार विरुद्द अदालतको अवहेलनामा  मुद्दा दायर भएको थियो। कम्पनी अध्यावधिक गर्दा विलम्व भएका काम्पनीहरुको लागी सरकारले दिएको ९०% छुट सुबिधा दिन अटेरी गरेपछि रजिष्टार इन्द्रबहादुर गिरी र कम्पनी रजिष्ट्रार कार्यालयलाइ समेत विपक्षी वनाइ वैशाख १९ गते शुक्रबार अदालतको अवहेलना मुद्दा दायर भएको थियो।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्