२०८३ भदौ २९ , सोमबार

शिक्षामन्त्री संग शिक्षक महासंघ वार्तामा



फोटोः सामाजिक संजालबाट

वैशाख १३, काठमाडौं। आन्दोलनरत शिक्षक महासंघ र शिक्षामन्त्री विच वार्ता भइरहेको छ। आन्दोलित शिक्षकहरुका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्त शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्तामा रहेका छन् ।

उक्त वार्तामा शिक्षा मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायत छन्। यसंगरी शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग छलफलमा व्यस्त छन् ।

शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै शनिबार बिहानका लागि वार्तामा उपस्थित हुन शिक्षक महासंघका पदाधिकारीलाई आह्वान गरेको थियो ।शिक्षकहरुले गत चैत २० गतेदेखि  नयाँ शिक्षा ऐनको मागसहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्