
फोटोः सामाजिक संजालबाट
बैशाख ८, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। शिक्षकहरु आन्दोलनरत हुँदा शिक्षामन्त्रीको राजिनामा आउनुलाइ महत्वका साथ हेरिएको छ। मन्नी भट्टराइले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालय जनाएको छ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। गत चैत २० देखि जारी आन्दोलन ऐन जारी भएमात्र रोकीने राष्ट्रिय शिक्षक महासंघले जनाएको छ।
आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को वैशाख ११ गतेदेखि शुरु हुने परिक्षामा सहभागी नहुने बताएका छन्।
प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार







