२०८३ जेठ २१ , बिहीबार

स्वास्थ्य सेवामा समान पहुँच नहुनुमा नीतिनिर्माता जिम्मेवारः डा. के.सी (भिडियो) ||eP1||



९ भदौ। स्वास्थ्य सेवामा सवै नागरीकहरुको समान पहुँच नहुनुमा नीति निर्माता जिम्मेवार भएको स्वास्थ्यकर्मीले आरोप लगाएका छन्।  कर्णाली प्रदेश अस्पतालको बालरोग विशेषज्ञ डा नवराज केसीले विद्यमान कानूर र नीति र यसलाइ निर्माण गर्ने नेतृत्वको सहि दृष्टिकोण नहुँदा स्वास्थ्य क्षेत्रको विकास हुन नसकेको बताएका छन्।

कर्णालीमा प्रयाप्त पोषणयुक्त खाध्यान्न उत्पादन भएपनि महिला तथा बालबालिकामा कुपोषण देखिएको केसी बताउछन्। उनी भन्छन् यसमा पुरानो सोच, कुसंस्कारको कारण यस्तो भएको हो।

नीति निर्माताले समेत स्वास्थ्य र पोषणका सम्वन्धमा उपयुक्त नीति समेत बनाउन आनाकानी गरेको डा केसीको भनाइ छ। जनशक्तिको अभाव हुनुमा नेतृत्वको अदुरदर्शिता कारक भएको केसीको आरोप छ।

अस्पतालहरुका अनुसन्धानमुलक अनुदान र कार्यक्रम भए दक्ष जनशक्ति कर्णालीमा सेवा गर्न आउने उनको तर्क छ। अहिले भएको दरबन्दीमा कोहीपनि दुर्गममा गएर सेवा दिन सक्दैन यसको लागी अवसरहरु र कर्णालीको भुगोल सम्म जान उत्प्रेरीत गर्ने नीति कार्यक्रम र योजनाहरु हुन आवश्यक छ केसीले भने।

भिडियोः

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्